जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

२०८२ फाल्गुन १५, शुक्रबार २०:१८

सर्लाही – नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जनकपुर–जयनगर रेल सेवा अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा शान्ति सुरक्षा सुदृढ बनाउन फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म भँगाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा पूर्ण रूपमा बन्द गरिनेछ।

सूचनामा फागुन २२ गते शुक्रबारदेखि भने पूर्ववत् तालिकाअनुसार नियमित रेल सेवा पुनः सञ्चालनमा आउने उल्लेख गरिएको छ। यात्रुहरूलाई सो अवधिमा यात्रा योजना बनाउँदा ध्यान दिन कम्पनीले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार