सर्लाही – रौटतहटमा लुटपाट गर्न खोज्ने दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा गढीमाई नगरपालिका–९ चिल्मिलियाका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी रहेका छन्।
प्रहरीका अनुसार उनीहरुलाई मोटरसाइकलमा सवार यात्रीलाई लुटपाट गर्न खोज्दै गरेको अवस्थामा गएराति सोहि स्थानबाट पक्राउ गरिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।






