सर्लाही दशगजामा एक युवती मृत अवस्थामा फेला

२०८२ फाल्गुन १९, मंगलवार १४:५१
file image

सर्लाही – सर्लाहीमा नेपाल–भारत सीमास्थित दशगजामा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

मलंगवा नगरपालिका – ८ स्थित झिलमिलियामाई मन्दिर नजिकै रहेको दशगजा क्षेत्रमा एक अज्ञात युवती मृत अवस्थामा फेला परेकी हुन्। आज ( मंगलबार ) बिहान स्थानीयले सीमाक्षेत्रमा शव देखेको बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार उक्त शव भारतीय प्रहरीको टोलि आएर लिएको बताइको छ।

यस बिषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सम्पर्क गर्दा प्रहरी प्रमुख योगेन्द्र कुमार खडकाले उक्त बिषयमा आफूहरुलाई कुनै जानकारी नआएको बताए। उनले उल्टै प्रश्न गरे – ‘तपाईहरुलाई यस्तो सूचना कहाँबाट आउछन र हाम्लाई न आएका सूचना ?’

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार