बाँड्न लैजादै गरेको पाँच लाख रकमसहित कांग्रेसका कार्यकर्ता पक्राउ

२०८२ फाल्गुन १९, मंगलवार १४:५९
साङ्केतिक तस्बिर

सर्लाही – मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका चराङ क्षेत्रमा नगद रकमसहित एक जना कांग्रेस कार्यकर्ता सशस्त्र प्रहरीको नियन्त्रणमा परेका छन्।

मौन अवधिको समयमा लोमान्थाङतर्फ जाँदै गरेको ग १ च ६५२४ नम्बरको गाडी जाँचका क्रममा सशस्त्र प्रहरीले रोकेर तलासी लिँदा नगद ५ लाख रुपैयाँ बरामद भएको हो। उक्त रकम नेपाली कांग्रेसको झण्डामा बेरेर लुकाइएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

नियन्त्रणमा परेका व्यक्ति नवाङकुङ्गा लामा हुन्। उनी लोमान्थाङ–५ का पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेससँग आबद्ध कार्यकर्ता रहेको जनाइएको छ। प्रहरीका अनुसार मौन अवधिमा रकम वितरण गर्न लैजाँदै गरेको भन्ने आशंकामा गाडी नियन्त्रणमा लिइएको हो।

बरामद नगद र गाडी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। ( भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस )

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार