बरहथवा – सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको छ।
सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको छ। रास्वपाले ४८ हजार ७ सय ६५ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ७ हजार ९ सय ५५ मत पाएको छ।

त्यस्तै, नेकपा एमालेले ५ हजार २ सय ८८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ। यसैगरी, राष्ट्रिय परिवर्तन पार्टीले ५ हजार २ सय ३१ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ५ हजार १ सय ४८ मत पाएको छ।
निर्वाचन कार्यालयका अनुसार सर्लाही – ३ मा कुल १ लाख ३४ हजार ४१२ मतदाता रहेका छन्। तीमध्ये ८१ हजार ९१६ मत खसेको थियो। खसेको मतमध्ये ७९ हजार ९३ मत सदर भएको छ भने २ हजार ८२३ मत बदर भएको जनाइएको छ।
जिल्लाका अन्य क्षेत्रमा पनि समानुपातिकतर्फ रास्वपा नै अग्र स्थानमा रहेको छ। अहिले अन्य क्षेत्रमा समेत धाममा मतगणना भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।





