लालबन्दी – काठमाडौँमा सवारी दुर्घटनामा परी सर्लाही रामनगरका एक पुरुषको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका – ४ सुकेधारामा बा १५ च ८५५० नम्बरको बोलेरोले ठक्कर दिँदा सर्लाहीको रामनगर गाउँपालिका – ४ निवासी ३६ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

कपनस्थित बालुवाखानीमा बसोबास गर्दै आएका साहलाई गत मंगलबार साँझ बोलेरोले ठक्कर दिएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।





