सर्लाहीको रामनगरमा उखु खेतमा भीषण आगलागी

२०८२ चैत्र १०, मंगलवार १८:४५

सर्लाही – सर्लाहीको रामनगरमा उखु खेतमा भीषण आगलागी भएको छ। मंगलबार दिउँसो रामनगर गाउँपालिका – १ महादेव टोलको पूर्वपट्टि रहेको उखु खेतमा भिषण आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागीबाट करिव २० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको अनुमान गरिएको छ भने क्षतिको एकीन विवरण संकलन भईरहेको छ।

स्थानीयका अनुसार काटिएको उखुको पराल जलाउने क्रममा आगो अनियन्त्रित भई छेउछाउका तयारी अवस्थामा रहेका उखुमा फैलिएको थियो। नगदे बालीका रूपमा रहेको उखुमा ठूलो क्षति पुगेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार