मलंगवा – प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका सर्लाहीका चार स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव पठाएको छ।
मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार लामो समयदेखि रिक्त रहेका पदहरूमा प्रशासनिक कार्य सञ्चालनलाई सहज बनाउन सम्बन्धित अधिकृतहरूलाई सरुवा तथा कामकाजका लागि पठाइएको हो।

निर्णय अनुसार जिल्लाको गोडैता नगरपालिकामा हेम बहादुर कार्की, कबिलासी नगरपालिकामा मनहरी बराल, हरिपुर नगरपालिकामा जय राम नेपाल र बागमती नगरपालिकामा राम प्रसाद शर्मालाई खटाईएको छ।
ती स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कामकाज, सेवा प्रवाह तथा विकास निर्माणका कार्य प्रभावित हुँदै आएका थिए। नयाँ अधिकृत खटिएसँगै प्रशासनिक गतिविधि नियमित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।





