बैंकिङ मुद्दामा सहजीकरणका नाममा घुस लिने सई पक्राउ

२०८२ चैत्र १७, मंगलवार २१:४२
साङ्केतिक तस्बिर

सर्लाही – काठमाडौँको प्रहरी वृत्त मालिगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ।

३५ वर्षीय राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालालाई रकम फिर्ता गराइदिने भन्दै २० हजार रुपैयाँ लिएको आरोप छ।

अख्तियारका अनुसार उनलाई काठमाडौं महानगरपालिका–५ गहनापोखरीस्थित ग्रिन क्याफेबाट सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा मंगलबार नियन्त्रणमा लिइएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार