मलंगवा – सर्लाहीमा एसईईको प्रश्नपत्र आउट गर्ने एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको कविलासी नगरपालिका – ५, पचगछियाका २४ बर्षिय मनोज कुमार यादव रहेका छन्।
प्रहरीका अनुसार उनलाई सोहि पालिकाको वडा नम्बर २ पिपरियास्थित श्री बाल गोबिन्द जनता माध्यमिक बिद्यालय परिक्षा केन्द्र बाहिरबाट हिँजो ( बिहिबार ) पक्राउ गरिएको हो। परिक्षा संचालन सुरु भएको केहि मिनेट ( ८:०९ ) मा परीक्षा केन्द्रबाहिर बसिरहेका उनको मोवाइलमा हिँजो सञ्चालन भइरहेको अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र भेटिएका थिए।

उनको मोबाईको वाट्सएपमा प्रश्नपत्रका ६ वटा पाना भेटिएको बताईएको छ । पक्राउ परेका उनीमाथि परिक्षा सम्बन्धि कसुर मुद्दामा सर्लाही जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बिन्देश्वर यादवले जानकारी दिए।





