सशस्त्रका प्रहरी निरीक्षक ४० हजार घुससहित पक्राउ

२०८२ चैत्र २०, शुक्रबार ११:३९

सर्लाही – धनुषा जिल्लाको लालगढ क्षेत्रबाट सशस्त्र प्रहरीका एक निरीक्षक घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी रहेको जनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई ४० हजार रुपैयाँ घुससहित आज ( शुक्रबार ) बिहान नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माणअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनलाई अनावश्यक रूपमा रोक्ने, अवरोध सिर्जना गर्ने तथा रकम माग्ने गरेको उजुरी परेपछि निगरानी बढाइएको थियो।

सोही क्रममा अधिकारीलाई घुससहित पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार