एक किलो अफिमसहित दुई जना पक्राउ

२०८२ चैत्र २५, बुधबार २०:४३

सर्लाही – बारामा एक किलो अफिमसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा मकवानपुर कैलाश गाउँपालिका – २ का ५५ वर्षीय खड्गबहादुर मोक्तान र ४९ वर्षीय लालबहादुर स्याङ्तान रहेको बारा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुलाई जिल्लाको अमलेखगञ्जबाट करिव ९४६ ग्राम अफिमसहित पक्राउ गरिएको हो। उक्त स्थानमा चेकजाँचका क्रममा उनीहरुको साथबाट उक्त परिमाणको अफिम भेटिएको हो।

उनीहरु हेटौंडाबाट पैदल हिँडेर सिमरातर्फ जाँदै थिए। पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ भने यस सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार