महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ वैष्णव बैंकिङ कसुरमा पक्राउ

२०८२ चैत्र २५, बुधबार २०:५२

सर्लाही – महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दास वैष्णवलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार धनुषाका दीपेन्द्र ठाकुरले दिएको जाहेरीका आधारमा बुधबार उनलाई नियन्त्रणमा लिइएको हो। वैष्णवमाथि करिब १ करोड ३० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको आरोप रहेको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले उनलाई मटिहानी नगरपालिका–७ स्थित आफ्नै निवासबाट पक्राउ गरेको हो। पक्राउपछि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन उनलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ।

यसअघि पनि महन्थ वैष्णव आर्थिक अनियमितता आरोपमा पक्राउ परी सजाय भोगिसकेका व्यक्ति हुन्। उनले रुपन्देहीस्थित मेगा बैंक शाखाबाट किर्ते कागजात प्रयोग गरी करिब ७० लाख रुपैयाँ निकालेको आरोप समेत रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार