बलरामा शिक्षा साझेदारी बैठक सम्पन्न: शतप्रतिशत भर्ना र साक्षर नगरपालिका घोषणा गर्ने प्रतिबद्धता

२०८२ चैत्र २६, बिहीबार २०:१९

मलंगवा – सर्लाहीको बलरा नगरपालिकामा बिहिबार आयोजित नगरस्तरीय शिक्षा साझेदारी तथा योजना बैठकमा शिक्षा क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमहरू र विद्यालयभन्दा बाहिर रहेका बालबालिकाको अवस्थाबारे विस्तृत छलफल गरिएको छ।

कार्यक्रममा विद्यार्थी भर्ना अभियान, सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना, पढाइ तथा गणित शिविर, ‘घरमै विद्यालय’ कार्यक्रम, शिक्षक तालिम, हाल विद्यालयहरूको अवस्था तथा सुरक्षित, हरित र सफा विद्यालयसम्बन्धी गतिविधिहरूबारे जानकारी प्रस्तुत गरिएको थियो।

प्रस्तुति पश्चात् शिक्षा प्रमुख सितेश यादवसँगको छलफलमा प्रमुख प्रशासकीय अधिकृत कौशलेन्द्र मिश्रले चालु शैक्षिक वर्षभित्रै बलरा नगरपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना भएको नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन आवश्यक सबै पहल गरिने स्पष्ट पारे।

त्यसैगरी, निरक्षर व्यक्तिहरूको यथार्थ तथ्यांक संकलन गरी आवश्यकता अनुसार कार्ययोजना निर्माण तथा कार्यान्वयनमार्फत बलरा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्ने सहमति पनि बैठकले गरेको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका शिक्षा संयोजक चन्द्रशेखर सहनीले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार