मलंगवा – जबरजस्ती करणी मुद्दामा फरार रहेका एक कैदीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार साँझ करिब ५ बजे चक्रघट्टा गाउँपालिका – ४ स्थित सुन्दरपुर पुल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सोही स्थान बस्ने २० वर्षीय राजु भन्ने रामअश्रे राय रहेका छन्। अदालतको फैसला अनुसार उनीमाथि १ वर्ष ४ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

केहि समयदेखि फरार रहेका उनलाई खोजी गर्ने क्रममा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका रायलाई सर्लाही जिल्ला अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ।





