घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

२०८२ चैत्र २९, आईतवार ०८:४२

सर्लाही – मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीटोल निवासी ३५ वर्षीया सन्तोषी वाइवाको भिरबाट लडेर मृत्यु भएको हो । शनिबार बिहान ९ बजे घाँस काट्न जाने भन्दै घरबाट निस्किएकी उनी अबेरसम्म नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए ।

खोजतलासका क्रममा माइती घरदेखि करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोलानजिकको सिमलटार क्षेत्रको भिरबाट करिब ५०-६० मिटर तल गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।

घाइते अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर, दिउँसो १२ः४० बजे अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – नेपाल न्यूज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार