सर्लाही – सप्तरीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका – ३, पोर्ताहाका १७ वर्षीय रिपेश कुमार यादव रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनि आज दिउँसो जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका – १ स्थित सप्तकोशी ब्यारेजमा साथीहरूसँग नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। त्यसपछि प्रहरीलाई जानकारी गाईएको थियो। जानकारी पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो।

खेजीका क्रममा उनि गम्भीर घाइते अवस्थामा फेला परेका थिए। त्यसपछि उनलाई उपचारका लागि भारदह अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।





