५९ किलो गाँजासहित भारत बिहारका तीन जना पक्राउ

२०८३ बैशाख ५, शनिबार १५:३७
साङ्केतिक तस्बिर

सर्लाही – सुनसरीको धरानमा प्रहरीले ५९ किलो गाँजासहित भारत बिहारका तीन जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका – १३ स्थित कोसी लोकमार्गमा शनिबार बिहान सवारी जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा बिहारका २२ वर्षीय चालक सुबिध कुमार, २२ वर्षीय रोहित कुमार र ४० वर्षीय मोहम्मद जमशेर रहेका छन्। भेडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर १० पीबी २२४१ नम्बरको भारतीय स्कोर्पियोलाई शंका लागेपछि प्रहरीले रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा गाडीको सिटमुनि बनाइएको फल्स बटमभित्र लुकाइछिपाइ राखिएको ५९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। उनीहरुले लागूऔषध ओसारपसार गर्न गाडीमा विशेष संरचना बनाएर गाँजा लुकाएका थिए।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार