काठमाडौंमा ट्रकको ठक्करबाट बाराका एक पुरुषको मृत्यु

२०८३ बैशाख १५, मंगलवार १७:२२
सांकेतिक तस्बिर

सर्लाही – काठमाडौं महानगरपालिका – २६ ठमेलमा ट्रकको ठक्करबाट बाराका एक पुरुषको मृत्यु भएको छ।

मंगलबार ठमेलको पक्नाजोलस्थित सडकमा बा ३ क २३३९ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री बारा निजगढ नगरपालिका – १३ घर भएका ४० वर्षीय किरण घलान गम्भीर घाइते भएका थिए। उनी ठमेलमै डेरा गरी बस्दै आएका थिए।

घाइते घलानलाई उपचारका लागि तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार