आज नरसिंह जयन्ती मनाइँदै

२०८३ बैशाख १७, बिहीबार ०६:५६

सर्लाही – आज नरसिंह जयन्ती मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ ।

यो पर्व भक्ति र असत्यमाथि राम्रोको विजय, अधर्ममाथि धार्मिकताको विजय, सत्य र न्यायको प्रतीक हो । नरसिंह अवतार भगवान् विष्णुको चौँथो अवतार हो ।

दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नरसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ । – नेपाल न्युज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार