सर्लाही – जबरजस्ती करणी मुद्दामा फरार रहेका एक युवकलाई प्रहरीले पर्साको वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका – ५ मोतीपुरका २१ वर्षीय अरुण कुमार यादव रहेका छन्। उनी हाल पर्सा क्षेत्रमा बसोबास गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनी बलात्कारसम्बन्धी मुद्दामा लामो समयदेखि फरार सूचीमा रहेका थिए।

पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो। उनी पक्राउबाट बच्न विभिन्न स्थानमा लुक्दै आएका थिए। पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सर्लाही पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।





