सर्लाही – हुम्लाको खार्पुनाथ गाउँपालिका – ४ का वडा सदस्य मक्क बहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ६३ वर्षीय रोकायालाई शनिबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनको साथबाट एक थान भरुवा बन्दुक, फलामको रटको गोली १२ थान, ढुंगाको गोली ७ थान तथा ९० ग्राम बारुद बरामद गरिएको छ। पक्राउ परेका रोकायामाथि हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

रोकाया नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।





