सर्लाहीमा तिन लाख भन्दा बढीको भन्सार छलीका सामान र ६ वटा मोटरसाइकलसहित एक जना पक्राउ

२०८३ बैशाख २२, मंगलवार १८:५७
File image

मलंगवा – सर्लाही प्रहरीले भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका तीन लाखभन्दा बढी मूल्यका सामान तथा ६ वटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका प्रहरी टोलीले सोमबार लत्ताकपडा, मिठाई, किराना तथा खाद्यान्न सामग्री बरामद गरेको हो। प्रहरीले बरामद सामानहरूको अनुमानित मूल्य रु. ३ लाख ८४ हजार ९५ रहेको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा सर्लाहीको बलरा नगरपालिका – ३ अर्नाहा निवासी १९ वर्षीय प्रबिन कुमार राय पक्राउ परेका छन्। प्रहरीले तस्करी कार्यमा प्रयोग भएका भारतीय नम्बर प्लेटका ६ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

बरामद मोटरसाइकलहरूको नम्बर बीआर ३० डी ९८८३, बीआर ०६ बीजे २६६९, बीआर ०६ सीजेड ७८५२, बीआर ३० भी ०३७३, बीआर ३० एके १२०७ र बीआर ०५ एए ०५४७ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार पक्राउ परेका व्यक्ति, बरामद सामान तथा मोटरसाइकलहरूलाई आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार