सिरहामा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

२०८३ जेष्ठ २, शनिबार २०:२५
सांकेतिक तस्बिर

सर्लाही – सिरहामा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कल्याणपुर नगरपालिका – १२ बेल्हाका ४८ वर्षीय सञ्जिव पुर्वेको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा जडान गरिएको पानी तान्ने विद्युत मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

परिवारका सदस्यले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार