आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

२०८३ जेष्ठ ३, आईतवार ०६:४९

सर्लाही – आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ ।

हरेक वर्ष मे १७ तारिखका दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् ।

विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार