कृष्ण यादव नेतृत्वको मधेश सरकारमा एमाले सहभागी हुँदै

२०८३ जेष्ठ ७, बिहीबार १९:०३
file image

सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा नेकपा एमाले सहभागी हुने भएको छ। सत्ता सहकार्यका विषयमा शीर्ष तहमा सहमति बनेपछि एमाले सरकारमा जान लागेको हो।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवका अनुसार पार्टीका तर्फबाट बाराका मोहम्मद समिरलाई विना विभागीय मन्त्री बनाइने तयारी गरिएको छ। उनले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता यादवले एमालेले सरकारमा सहभागी भएसँगै शुक्रबार हुने विश्वासको मतमा पनि सरकारलाई समर्थन गर्ने बताए। केन्द्रीय नेतृत्वको निर्णयअनुसार एमालेले विश्वासको मतको पक्षमा मतदान गर्ने तयारी गरेको प्रदेश संसदीय दलले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार