सर्लाहीमा भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८३ जेष्ठ ११, सोमबार १५:०४
file image

मलंगवा – सर्लाही प्रहरीले अवैध हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका – २ सुकुम्बासी टोल निवासी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् ।

प्रहरीका अनुसार सोमबार बिहान जिल्लाकै बरहथवा नगरपालिका – १२ लौकट गाउँबाट उनलाई एकनाले भरूवा बन्दुक १ थान, करिब १ सय ग्राम बारूद र फलामको छर्रा ८० थानसहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा घलानलाई हातहतियारसहित नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार