महोत्तरीमा श्रीमतीलाई जरबजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ

२०८३ जेष्ठ १४, बिहीबार ०९:१९
सांकेतिक तस्बिर

सर्लाही – महोत्तरीमा आफ्नै श्रीमतीलाई इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जिल्लाकै २२ वर्षीय एक पुरुषले आफ्नी २२ वर्षीया श्रीमतीमाथि पटक पटक जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षबाट जाहेरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले आरोपीलाई उनकै घरबाट मिति बुधबार बिहान करिब ८ः३० बजे पक्राउ गरेको जनाएको छ । पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै उनलाई महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित गराइएको थियो ।

अदालतले घटनाबारे थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप अनुमति दिएको प्रहरीले जनाएको छ । हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी पञ्चलाल गोलेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार