कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

२०८३ जेष्ठ २४, आईतवार २२:१२
साङ्केतिक तस्बिर

सर्लाही – कर्तव्य ज्यान मुद्दामा करिब २५ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका – १ निवासी ५० वर्षीय काशी महतो चाई भन्ने काशी प्रसाद चौहान रहेका छन्।

उनलाई आइतबार बिहान जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार चौहानले २०५८ साल फागुन २६ गते सोही गाउँपालिका – १ की २६ वर्षीया रावडी भन्ने रीना देवीको हत्या गरी फरार भएका थिए।

घटनापछि लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौहानविरुद्ध कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसुर) मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। वर्षौंअघिको हत्या प्रकरणमा फरार रहेका प्रतिवादी पक्राउ परेसँगै घटनासम्बन्धी थप तथ्य र प्रमाण संकलनको कामलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार