सामाजिक सञ्जालबाट यौनधन्दा चलाउने सर्लाहीका एकसहित १६ जना पक्राउ

२०८३ जेष्ठ २६, मंगलवार २२:१९
साङ्केतिक तस्बिर

सर्लाही – सामाजिक सञ्जालको दुरुपयोग गर्दै यौनजन्य अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा सर्लाहीका एक जनासहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त गौशालाले फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत ग्राहक खोजी यौनधन्दा सञ्चालन गर्दै आएको गिरोहलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामध्ये सर्लाहीको लालबन्दी–१४ निवासी ३४ वर्षीय सुनिल तामाङ पनि रहेका छन्।

प्रहरीका अनुसार उक्त गिरोहले सामाजिक सञ्जालमा युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाइ गर्ने र गौशाला तथा बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा यौनजन्य गतिविधि गराउने गरेको थियो।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा मकवानपुरका ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं शम्भुमार्गका राजकुमार गौतम तथा पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङ रहेका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा गिरोहले ट्याक्सी तथा निजी सवारी साधन प्रयोग गरी युवतीहरूलाई विभिन्न होटलसम्म पुर्‍याउने गरेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार