कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भयो : डा.कोइराला

२०८३ जेष्ठ ३१, आईतवार २०:०७
file image

सर्लाही – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भएको बताएका छन् ।

कोइरालाले लोकतन्त्र ईतिहाँसकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए ।

नेपाली कांग्रेस अब बीपी कोइरालाले प्रतिपादन गरेका राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको बिकल्प नभएको कोइरालाको भनाई थियो । कोइरालाले भने, ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउँन नेपालका सबै शक्तिका बिचमा सहकार्य र एकता जरुरी छ।’

विराटनगरमा आयोजित कोशी प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले गगन थापासँग कुराकानी गर्दा आफुले राखेका पाँचवटा कुरा स्विकारेको बताउँदै उनले भने, ‘सहमति गर्न अहिले के कुराले रोक्यो ?’ गगन थापाले कोइराला निवासमा पुगेर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफुले राखेका ५ बुँदे सार्वजनिक गरेको बताए ।

सहमतिबिना कांग्रेस पार्टी एक कदम अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुभएको सहमति, सहकार्य र एकता बाटै हामी हिड्नुपर्छ, त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट शुरु गर्नुपर्छ ।’ कोइरालाले आफुले कुनै पनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे । – नेपाल न्यूज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार