सर्लाहीमा फरार रहेका दुई प्रतिवादी पक्राउ

२०८३ असार ८, सोमबार २१:४१

मलंगवा – सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी टोलीले खोजतलासका क्रममा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतमा पेश गरेको हो।

पक्राउ पर्नेमा चक्रघट्टा गाउँपालिका – ७ निवासी दिपेन्द्र कुमार यादव रहेका छन्। उनी सवारी ज्यान मुद्दामा दोषी ठहर भई १ महिना कैद तथा २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएपछि फरार रहेका थिए।

त्यसैगरी, चक्रघट्टा गाउँपालिका – १ निवासी राधाकिसुन रायलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी चेक अनादर मुद्दामा दोषी ठहर भई १ हजार रुपैयाँ जरिवाना सजाय तोकिएपछि फरार रहेका थिए।

प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा दुवै प्रतिवादीलाई पक्राउ गरी सोमबार सर्लाही जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार