विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

२०८३ असार ९, मंगलवार १९:३६
सांकेतिक तस्बिर

सर्लाही – महोत्तरीमा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। सम्सी गाउँपालिका – ३ बैरगियाका १७ वर्षीय अतिकुलह शाहको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।

प्रहरीका अनुसार आफ्नै घरमा जडान गरिएको विद्युतीय मोटरको तार जोड्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि जानकी एकेडेमी, पर्साडेवाड लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार