सप्तरीमा दुई राउन्ड गोलीसहित दुई युवक पक्राउ

२०८३ असार १२, शुक्रबार २१:३८

सर्लाही – सप्तरीको बलानबिहुल गाउँपालिका–३ स्थित टिकुलिया क्षेत्रमा प्रहरीले दुई राउन्ड गोलीसहित दुई युवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ पर्नेमा बलानबिहुल गाउँपालिका – ३ निवासी ३२ वर्षीय सुभाषकुमार पासमान र २२ वर्षीय धर्मेन्द्र सिंह रहेका छन्।

प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले टिकुलिया–बेल्ही सडकखण्डमा रहेको बाँसको टहरामा बसेका उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो।

प्रहरीले गरेको शरीर खानतलासीका क्रममा सुभाषकुमार पासमानको साथबाट ‘८ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको प्रवक्ता घिमिरेले जानकारी दिए।

घटनापछि दुवै जनालाई नियन्त्रणमा लिएर खरखजाना (हतियार तथा गोलीगठ्ठा) सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार