सिडिओ सुवेदीद्वारा जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण

२०८३ असार १६, मंगलवार १८:२६

मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण तथा भ्रमण गरेका छन्।

मंगलबार जिल्ला प्रहरी कार्यालय पुग्नुभएका प्रमुख जिल्ला अधिकारी सुवेदीले कार्यालय अन्तर्गत रहेका सम्पूर्ण शाखाको निरीक्षण गर्दै प्रहरीको कार्यसम्पादन, सेवा प्रवाह तथा सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए।

निरीक्षणका क्रममा उनले सर्लाही जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, जिम्मेवार र नागरिकमैत्री बनाउन प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्। साथै जिल्लामा भइरहेका समसामयिक विषयवस्तु, सुरक्षा चुनौती तथा कानून कार्यान्वयनका सवालमा उच्च सतर्कता अपनाई निष्पक्ष र प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।

प्रमुख जिल्ला अधिकारी सुवेदीले जनतासँग समन्वय र सहकार्य बढाउँदै शान्ति सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रण, विपद् व्यवस्थापन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार