रौतहटमा कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ

२०८३ असार २३, मंगलवार १६:१९
साङ्केतिक तस्बिर

रौतहट – रौतहटको गरूडा नगरपालिका – ५ झाझपुलबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गरूडा नगरपालिका – ९ बिर्ताका ४२ वर्षीय सदरे आलम रहेका छन्। उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको शरीर तलासी गर्दा एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली फेला पारेपछि उनलाई तत्काल पक्राउ गरिएको जनाएको छ।

घटनाका सम्बन्धमा हतियार कहाँबाट ल्याइएको हो, के प्रयोजनका लागि बोकेको थियो तथा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार