सिरहामा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ असार २८, आईतवार १९:१७

सर्लाही – सिरहाको गोलबजार नगरपालिका – ७ मा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। आइतबार दिउँसो गोलबजार – ७ स्थित पशु बजार नजिक वर्षाको पानी जमेर बनेको पोखरीमा नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय छोरा सैफुल शेख, १० वर्षीया छोरी रुविना खातुन र १२ वर्षीया छोरी सवनम खातुन रहेका छन्। वर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बनेको थियो। सोही स्थानमा नुहाउन गएका तीनै जना बालबालिका डुबेका हुन्।

घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धार तथा खोजी कार्यमा खटिएको थियो। यद्यपि बालबालिकालाई बचाउन नसकिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार