सर्लाहीका बसबरिया र ब्रह्मपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

२०८३ असार २९, सोमबार २१:३७

मलंगवा – सरकारले सर्लाहीका बसबरिया र ब्रह्मपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ। सरकारले सोमबार ११२ जना शाखा अधिकृतको सरुवा गरेपछि दुवै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो।

बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवको गृह मन्त्रालयमा सरुवा भएको छ। उनको स्थानमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भेष साहलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा बसबरिया गाउँपालिकामा पठाइएको छ।

यस्तै, ब्रह्मपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जय दासको पनि गृह मन्त्रालयमा सरुवा भएको छ। उनको स्थानमा विकास कुशवाहालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा ब्रह्मपुरी गाउँपालिकामा खटाइएको छ। उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई ब्रह्मपुरी आएका हुन्।

सरकारले सोमबार देशभर ११२ जना शाखा अधिकृतको सरुवा गरेको हो। सोही निर्णयअनुसार सर्लाहीका बसबरिया र ब्रह्मपुरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार