मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर

२०८३ असार ३०, मंगलवार २०:४२

सर्लाही – मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार सुनुवाइ गर्दै अहिराजलाई अभियोगअनुसार दोषी ठहर गरेको हो। अदालतले अब उनीमाथि हुने सजाय निर्धारणका लागि बिहीबारको मिति तय गरेको छ।

यसअघि २०८२ साल साउनमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही मुद्दामा अन्तिम फैसला सुनाउँदै अदालतले उनलाई दोषी ठहर गरेको हो।

अब बिहीबार हुने सजाय निर्धारणपछि उनीमाथि लाग्ने कैद र जरिवानासम्बन्धी अन्तिम निर्णय सार्वजनिक हुनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार