सर्लाही – रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ ।
आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो।





