आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

२०८३ श्रावण ४, सोमबार ०८:२०

सर्लाही – आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।

हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ । सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ ।

यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास रहदै आएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार