सर्लाही – धनुषा प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका विभिन्न सामानसहित एक जनालाई पक्राउ गरेको छ। सामान ओसारपसारमा प्रयोग गरिएको ईभी (इलेक्ट्रिक) भ्यानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा भन्सार छली गरी ल्याइएका सामान तथा ती सामान बोकेको ईभी भ्यान बरामद गरिएको हो।

बरामद गरिएका सामान र ईभी भ्यानको अनुमानित मूल्य करिब २३ लाख ३० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।





