सर्लाही – अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज मनाइँदै छ । आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो ।
विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने घोषना गरेको थियो ।
राष्ट्रिय भू संरक्षण दिवस पनि मनाइँदै
आज राष्ट्रिय भू संरक्षण दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम भू–संरक्षण दिवस मनाउँन लागेको हो ।
बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन र भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो ।
राष्ट्रिय भू–संरक्षण दिवस विसं २०३१ देखि मनाउने गरिएको पाइन्छ । भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो ।





