गोडैता – सर्लाहीको गोडैतामा करेन्ट लागेर एक महिला घाइते भएकी छन्।
गोडैता नगरपालिका – ८, गोडैतामा आफ्नै घरको भित्तामा छुँदा स्थानीय ३२ वर्षीया समिना खातुनलाई करेन्ट लागेको हो। प्रहरीका अनुसार सोमबार साँझ करिब ७ बजेको समयमा घरको भित्ता पानीले भिजेको अवस्थामा खातुनले उक्त भित्तामा छुँदा करेन्ट प्रवाह भई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएकी खातुनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। घाइते खातुनको अवस्था मध्यम रहेको छ। उनको उपचार भइरहेको र उपचारका क्रममा श्रीमान् सदाम दर्जी साथमा रहेको प्रहरीले जनाएको छ।





