सर्लाही – पर्सामा ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको पटेर्वा सुगौली गाउँपालिका – ३ सोनबर्साबाट सोमबार राति प्रहरीले १०५ किलो गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले राति करिब ९ बजे भारत बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर – ३ का अन्दाजी ५० वर्षीय सउरु चौधरीलाई गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

चौधरीको साथबाट बरामद भएको गाँजा नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।





