काठमाडौं – विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकांक्षा’ रहेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु हो ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००० देखि (अगस्त १२) तारिखका दिन यो दिवस गरेको हो ।





