सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

२०८३ श्रावण २९, शुक्रबार १६:३९
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीको कविलासी नगरपालिका – १० सलेम्पुरस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बेलुकी बीआर ०१ जेए २७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा कविलासी नगरपालिका – १ पिपरिया निवासी २५ वर्षीय रामशंकर माझी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते माझीलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार