मलंगवा – सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानमा लागुऔषध दुर्व्यसनमा संलग्न व्यक्तिहरूको खोजी तथा पहिचान अभियानलाई तीव्रता दिएको छ। अभियानका क्रममा प्रहरीले ९ जनालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका अनुसार लागुऔषध दुर्व्यसनीहरूको पहिचान तथा खोजी गर्ने क्रममा बिहिबार प्रहरी चौकी गौरकालीबाट खटिएको टोलीले ९ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, जिल्लाका विभिन्न स्थानमा लागुऔषध दुर्व्यसनमा संलग्न व्यक्तिहरूको खोजी, पहिचान तथा नियन्त्रण गर्ने अभियान निरन्तर सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
लागुऔषधको प्रयोग तथा दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले निगरानी र खोजी अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ। प्रहरीले आगामी दिनमा समेत लागुऔषध दुर्व्यसनमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।





