सर्लाही – १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरीको औरही नगरपालिका – ३ बस्ने ४२ वर्षीय मोमेन्द्र मण्डल पक्राउ परेका छन्।
प्रहरीका अनुसार मण्डलले बालिकालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। उक्त उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो।

पक्राउ परेका मण्डलमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





