पोखरीमा नुहाउने क्रममा डुबेर १० बर्षिय बालकको मृत्यु

२०८३ भाद्र १०, बुधबार ०८:४५
सांकेतिक तस्बिर

सर्लाही – रौतहटको परोहा नगरपालिका – ५ रामनगरमा पोखरीमा नुहाउने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।

स्थानीय शेख नसरुल हकका छोरा नासिर कलाम मंगलबार सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेका थिए। पोखरीमा डुबेको अवस्थामा फेला परेका उनलाई उद्धार गरी उपचारका लागि लैजाने प्रयास गरिए पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले बालकको शव शवपरीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार